पाल्पाको तल्लोकोलडाँडामा संस्कृति जोगाउन ‘साँस्कृतिक सन्ध्या’
तिहारको अवसरमा वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने
पाल्पा | कात्तिक १२, २०८०
पाल्पा: पाल्पाको बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा संस्कृति संरक्षण गर्ने उद्देश्यसहित विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय स्तरमा सक्रिय माउण्ट एभरेष्ट युवा क्लबले विजयादशमीको अवसरमा ‘संस्कृति र पहिचानको जगेर्ना गरौं, पुख्र्यौली इतिहासलाई संरक्षण गरौं भन्ने नारासहित शनिबार विविध सांस्कृति सन्ध्याको आयोजना गरिएको हो ।
सो कार्यक्रमबाट करिब ८० हजार रुपैयाँ संकलन भएको क्लबका अध्यक्ष दान बहादुर रानामगरले जानकारी दिए । उनले संकलित सो रकम तत्कालका लागि कोषमै सुरक्षित राखिने बताए ।
अध्यक्ष रानामगरका अनुसार मगर समुदायमा प्रचलित कौडा, सालैजो, चुट्का तथा झ्याउरे लगायतका नृत्यहरु स्थानीय कलाकारले प्रस्तुत गरेका थिए ।

‘हाम्रो गाउँमा शत प्रतिशत मगर जातिको बसोबास छ । त्यसैले मगर भाषा, कला धर्म तथा संस्कृति विगत धेरै समयदेखि जिवितै छ, अध्यक्ष रानामगरले भने, ‘त्यसैले यसको जगेर्ना गर्न हरेक वर्ष विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका छौं । यसले गाउँलाई चिनाउन मात्रै नभई पुख्र्याैली इतिहासलाई उजागर गर्न टेवा पुर्याएको छ ।’
उक्त क्लबले संस्कृतिको संरक्षणको क्षेत्रमा मात्रै नभई सामाजिक तथा खेलकुदको क्षेत्रमा समेत काम गर्दै आएको रानामगरले बताए । उनले आगामी मंसिरको १ र २ गते बगनासकाली गाउँपालिकाभित्रका वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको बताए ।
उनका अनुसार ‘स्वास्थ्यका लागि खेलकुद, खेलकुदका लागि माउण्ट एभरेष्ट युवा क्लब’ भन्ने नारासहित सहिद केवल गाहा स्मृति खेलमैदानमा उक्त प्रतियोगिता हुनेछ ।
सो प्रतियोगितामा प्रथम, द्वित्तिय र तृतीय हुने टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित क्रमश नगद रु १५ हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछ ।

प्रतियोगिता संयोजक धिरज गाहामगरले सो प्रतियोगिताले स्थानीय स्तरको खेलाडी उत्पादनमा सघाउ पुग्ने बताए । ‘वडास्तरीय गेम गराउँदा उदीयमान भाइहरुले चान्स पाउँछन्, क्लब स्तरीय गराउँदा गेम राम्रो हुन्छ तर आफ्नौ गाउँठाउँका भाइहरुले मौका पाउदैनन्, गाहामगरले भने, ‘त्यसैले यो वर्षपनि तिहारको अवसरमा वडास्तरीय भलिबल प्रतियोगितालाई नै निरन्तरता दिदैंछौ ।’
उनका अनुसार कार्तिक ३० गतेसम्म बगनासकाली गाउँपालिका भित्रको वडाले टिम दर्ता गर्नसक्नेछन् । प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क नगद रु १ हजार ५ सय निर्धारण गरिएको आयोजकले जनाएको छ ।
बहुचर्चित ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले मुख्य अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेतीलाई थप १० वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अ...
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेक...
लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ । तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...

